Kathmandu Press

गौशालामा प्रदर्शन गर्न खोज्ने दुर्गा प्रसाईंका समर्थक पक्राउ

प्रसार्ईको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई समर्थन गर्दै मंगलबार गौशाला क्षेत्रमा प्रदर्शन गर्न पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
गौशालामा प्रदर्शन गर्न खोज्ने दुर्गा प्रसाईंका समर्थक पक्राउ

काठमाडौं, मंसिर १२ : काठमाडौंको गौशालामा प्रदर्शन गर्न खोज्ने दुर्गा प्रसार्ईको अभियानका केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रसार्ईको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई समर्थन गर्दै मंगलबार गौशाला क्षेत्रमा प्रदर्शन गर्न पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

यसअघि अभियानले सोमबार सो क्षेत्रमा प्रदर्शन गर्दा तनाव उत्पन्न भएको थियो भने प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो। सो क्रममा प्रहरीमाथि आक्रमण गर्ने धर्मगुरु श्रीनिवास आचार्य, प्रसाईंका स्वकीय सचिव विना योञ्जन थापा १५ जनालाई पक्राउ गरेको थियो।

मंगलबार भने गौशाला क्षेत्रमा प्रदर्शनलाई रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। प्रदर्शनका लागि गौशाला जान लागेका प्रसाईंलाई प्रहरीले पेप्सीकोलाबाटै फर्काइदिएको बताइएको छ।

प्रकाशित मिति: १४:३७ बजे, मंगलबार, मंसिर १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्