दलित आयोगका अध्यक्ष भन्छन्– सिंहदरबारले नै जातपात जोगाउन खोज्यो
‘एउटा तप्का जातपात प्रथा जोगाउन चाहन्छ, त्यसको नेतृत्व सिंहदरबारले गरिरहेको छ। सिंहदरबार दलित शब्द भनेपछि सुन्नै चाहँदैन, त्यहाँका मानिस दलित लेख्नप¥यो भने हात कपाउँछन्,’ कार्यक्रममा अध्यक्ष विश्वकर्माले भने।
काठमाडौं, मंसिर १२ : राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले सिंहदरबारले नै जातपात जोगाउन खोजेको आरोप लगाएका छन्।
आयोगका अध्यक्ष विश्वकर्माले जातपात प्रथाको नेतृत्व नै सिंहदरबारले गरिरहेका कारण दलित समुदायमाथि विभेद भइरहेको पनि बताए।
भक्तपुरको घ्याम्पे डाँडामा बुधबारदेखि सुरु भएको राष्ट्रिय दलित आयोगको रणनीतिक योजना (२०८०/८१–२०८४/८५)को मस्यौदा छलफल कार्यक्रममा विश्वकर्माले यस्तो आरोप लगाएका हुन् । उनले राज्यले दलित समुदायप्रति बेवास्ता गरिरहेको भनाई समेत राखे।
‘एउटा तप्का जातपात प्रथा जोगाउन चाहन्छ, त्यसको नेतृत्व सिंहदरबारले गरिरहेको छ। सिंहदरबार दलित शब्द भनेपछि सुन्नै चाहँदैन, त्यहाँका मानिस दलित लेख्नप¥यो भने हात कपाउँछन्,’ कार्यक्रममा अध्यक्ष विश्वकर्माले भने।
उनले सरकारी दस्तावेजहरूबाट क्रमशः दलित शब्द हटाउँदै लगेको गुनासो पनि गरे। दलितका लागि छुट्याइने छात्रवृत्ति पनि विपन्नको नाममा मात्र दिइने गरेकाले दलित समुदायका बालबालिका छात्रवृत्तिको सुविधाबाट वञ्चित हुन थालेको गुनासो उनको थियो।
सरकारले पर्याप्त स्रोत–साधन दिए मात्र दलित आयोगले आफ्नो काम गर्नसक्ने पनि उनले बताए। दुई दिनसम्म चल्ने कार्यक्रमबाट दलित आयोगको आगामी पाँच वर्षसम्मको व्यवस्थित योजना निर्माण हुने जनाइएको छ।
दलित क्षेत्रका विज्ञ, दलित अधिकारकर्मी, दलित समुदायका अधिवक्ता, बुद्धिजीवी, पत्रकार सहभागी उक्त कार्यक्रम दलित आयोगको रणनीतिक योजनाको मस्यौदाका लागि सुझाव लिने उद्देस्य रहेको छ।










![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)
