Kathmandu Press

कोशी प्रदेशको बजेट र योजना कटौती गरेपछि एमालेको विरोध

बजेट अध्यादेश प्रतिस्थापन गर्न सदनमा पेश गरिएको प्रतिस्थापन विधेयकमा गठवन्धानले आफुखुशी गरेको आरोप एमालेको छ।
कोशी प्रदेशको बजेट र योजना कटौती गरेपछि एमालेको विरोध

मंसिर, मंसिर १२ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बजेट तथा योजना कटौती गरेको भन्दै नेकपा एमालेले मंगलबार कोशी प्रदेश सभामा विरोध जनाएको छ।

प्रदेश सभा बैठक सुरू हुनेबित्तिकै एमाले र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए। बजेट अध्यादेश प्रतिस्थापन गर्न सदनमा पेश गरिएको प्रतिस्थापन विधेयकमा गठवन्धानले आफुखुशी गरेको आरोप एमालेको छ।

एमालेले बजेट सहमति अनुसार नआएको भन्दै असन्तुष्टि जनाएको हो।

सरकारले प्रतिस्थापन गर्न ल्याएको विधेयकप्रति कतिपय कांग्रेसकै सांसदहरूले पनि विरोध जनाएका छन् । कोशी प्रदेश सभामा अहिले बजेटमाथि छलफल जारी छ।
 

 

प्रकाशित मिति: १३:५० बजे, मंगलबार, मंसिर १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्