Kathmandu Press

‘बसाइँ सराइको समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छ’

बसाइँसराई बहुसरोकारयुक्त मुद्दा भएको बताउँदै उनले कुनै एउटा निकायको सक्रियताबाट मात्र यो समस्या समाधान गर्न सम्भव नभएइको बताए।
‘बसाइँ सराइको समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छ’

काठमाडौं, मंसिर १२ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा भइरहेको बसाइँ सराईको समस्यालाई व्यवस्थित गर्न तीनै तहका सरकारले सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिएका छन्। यसो नगरे थप जटिल बन्दै जाने उनले बताएका छन्।

मंगलबार जनसंख्या र आप्रवासन व्यवस्थापन सुदृढ गर्न काठमाडौंमा आयोजित राष्ट्रिय संवाद कार्यक्रममा उनले पन्ध्रौं योजना र राष्ट्रिय जनसंख्या नीति २०७२ मा बसाइँसराईलाई यथोचित रुपमा सम्बोधन गर्ने भनिए पनि समस्याको समाधान गर्न नसकिएको बताए। उनले तीनै तहका सरकारले समस्या समाधान गर्न पहल गर्न आवश्यक भएको बताए।

‘बसाइँ सराईमा देखिएका समस्या र चुनौतीलाई सामूहिक रुपमा समाधान नगर्ने हो भने समस्या थप जटिल हुने देखिन्छ,’ उनले भने, ‘पन्ध्रौं योजना र राष्ट्रिय जनसंख्या नीति २०७२ मा बसाइँ सराईलाई सम्बोधन गर्ने प्रयास गरिए पनि समस्याको प्रभावकारी समाधान गर्न सकिएको छैन। संघीय, प्रादेशिक र स्थानीय गरी तिनै तहका सरकारहरु सजग हुन आवश्यक छ।’

बसाइँसराई बहुसरोकारयुक्त मुद्दा भएको बताउँदै उनले कुनै एउटा निकायको सक्रियताबाट मात्र यो समस्या समाधान गर्न सम्भव नभएइको बताए।

 

प्रकाशित मिति: १२:२८ बजे, मंगलबार, मंसिर १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्