Kathmandu Press

उर्लाबारी आगालामीमा घाइते थप एकजनाको मृत्यु, मृतकको संख्या ५ पुग्यो

कीर्तिपुरको बर्न अस्पतालमा उपचारमा उपचार गराइरहेका उर्लाबारी नगरपालिका–७ का ४३ वर्षीय रामनरेश मरिताको सोमबार राति मृत्यु भएको हो।
उर्लाबारी आगालामीमा घाइते थप एकजनाको मृत्यु, मृतकको संख्या ५ पुग्यो

मोरङ, मंसिर १२ : गत कात्तिक २६ गते उर्लाबारी नगरपालिका ७ को सुनपसलमा भएको आगलागीमा परी घाइते भएका थप एकजनाको मृत्यु भएको छ।

कीर्तिपुरको बर्न अस्पतालमा उपचारमा उपचार गराइरहेका उर्लाबारी नगरपालिका–७ का ४३ वर्षीय रामनरेश मरिताको सोमबार राति मृत्यु भएको हो।

योसँगै सो आगलागीमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ। यसअघि उर्लाबारी ७ कै ६८ वर्षीय रुकुमबहादुर कार्की, ४२ वर्षीय कुमार तामाङ, ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको मृत्यु भएको थियो।

सुन पसलमा लागेको आगो निभाउने क्रममा क्रममा सिलिण्डर विस्फोट हुँदा चार प्रहरीसहित २८ जना घाइते भएका थिए।

प्रकाशित मिति: १२:१५ बजे, मंगलबार, मंसिर १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्