Kathmandu Press

एमाले अध्यक्ष ओली बैतडी जाँदै

एमालेले मंसिर १४ गतेबाट मध्य पहाडी लोकमार्ग पदयात्रा गर्न लागेको छ। अध्यक्ष ओली त्यसको उद्घाटन गर्न दिउँसो धनगढी हुँदै बैतडी जाने छन्।
एमाले अध्यक्ष ओली बैतडी जाँदै

काठमाडौं, मंसिर १२ : नेकपा एमालेका अध्यक्ष केपी ओली मध्य पहाडी लोकमार्ग पदयात्राको उद्घाटन गर्न आज कैलाली जाने भएका छन्।

एमालेले मंसिर १४ गतेबाट मध्य पहाडी लोकमार्ग पदयात्रा गर्न लागेको छ। अध्यक्ष ओली त्यसको उद्घाटन गर्न दिउँसो धनगढी हुँदै बैतडी जाने छन्।

उनीसँगै उपाध्यक्षहरु ईश्वर पोखरेल र विष्णु पौडेल सहितका नेताहरू पनि बैतडी जाने भएका छन्।

एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जानकारी दिए अनुसार, तीन सातामा टुङ्याउने तयारी गरेको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको तयारी तिव्र भइरहेको छ।

पुष्पलाल राजमार्ग नामाकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर छ।

 

प्रकाशित मिति: ०९:३४ बजे, मंगलबार, मंसिर १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्