वेश्यावृत्तिको आरोपमा स्पा सञ्चालक पक्राउ
मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले पौडेललाई पक्राउ गरेको हो।
काठमाडौं, मंसिर ११ : रोजगारीको प्रलोभनमा पारी स्पाको आवरणमा वेश्यावृत्ति गराएको आरोपमा संखुवासभाको चिचिला गाउँपालिका–१ का ४३ वर्षीय दिनेश पौडेल पक्राउ परेका छन्।
मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले पौडेललाई पक्राउ गरेको हो।
उनले काठमाडौंको रातोपुलमा नुवाकोट ब्युटी पार्लर एन्ड स्पा सेन्टर सञ्चालन गर्दै आएका थिए। स्पामा काम गर्ने नाबालिकासहित तीनजनालाई ब्युरोले उद्धार गरेको छ।
प्रहरीका अनुसार उनले नाबालिकासहित युवतीलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाई यौन शोषण गर्दैै आएका थिए। उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले पाँच दिनको म्याद थप गराई अनुसन्धान अगाडि बढाएको छ।
प्रकाशित मिति: २०:४५ बजे, सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)