Kathmandu Press

‘भ्रष्टाचार बढ्दो नागरिक नेता र दलसँग रिसाएकाछन्’

थापाले ०४६ सालको परिवर्तन पछाडि नेपालमा उच्च ओहदामा पुगेका मानिसहरूको सम्पत्ति शक्तिशाली संयन्त्र बनाएर छानबिन गर्नुपर्ने बताए।
‘भ्रष्टाचार बढ्दो नागरिक नेता र दलसँग रिसाएकाछन्’

काठमाडौं, मंसिर ११ : कांग्रेस महामन्त्री गगन थापाले मुलुकमा बढ्दो भ्रष्टाचारका कारण नागरिकहरू प्रमुख राजनीतिक दलका नेता र दलहरूसँग रिसाएको बताएका छन्।

सोमबार नवलपुरमा कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले जतिसुकै ठूलो मान्छे भएपनि भ्रष्टाचार गरेको प्रमाणित भए कारबाही हुने बताए।

थापाले ०४६ सालको परिवर्तन पछाडि नेपालमा उच्च ओहदामा पुगेका मानिसहरूको सम्पत्ति शक्तिशाली संयन्त्र बनाएर छानबिन गर्नुपर्ने बताए।

‘कसैले गैरकानुनी सम्पत्ति आर्जन गरेको छ भने सम्पत्ति खोसिनुपर्छ र दण्डित हुनुपर्छ भनेर कांग्रेसले भन्न सक्ने कि नसक्ने?,’ उनले भने, ‘बकाइदा भन्न सक्नुपर्छ, नागरिकले खोजेको यही हो।’

देशमा अब भ्रष्टाचारको अन्त्य र सुशासनसहितको समाज निर्माणका लागि कांग्रेसले नेतृत्व गर्छ भनेर विश्वास जगाउन सक्नुपर्ने उनले बताए । कोही मानिसले राज्यको ढुकुटीको पैसा ठगी गर्छ भने त्यसलाई जमिनमुनि गए पनि भ्रष्टाचारीलाई नछाड्ने कानुन बनाउनुपर्ने उलने बताए।

उनले लोकतन्त्रमा मात्रै लोकतान्त्रिक व्यवस्थाको समेत विरोध गर्न पाइने बताए। उनले लोकतन्त्र जनताले बोल्न र विरोध गर्न पाउने व्यवस्था भएको दाबी गरे।

प्रकाशित मिति: २०:१० बजे, सोमबार, मंसिर ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्