‘सामाजिक सुरक्षा कोष भए सरकार सफल’
नेपाली नागरिकलाई कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदायक संस्थाको रुपमा कोषलाई विकास गराउन सरकारले निरन्तर समन्वय गर्ने प्रतिबद्धता उनले जनाए।
काठमाडौं, मंसिर ११ : प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सुरक्षा कोषको कार्यक्रम अनिवार्य कार्यान्वयन र सफलतामा सरकारले आफ्नो सफलता देखेको बताएका छन्।
छैटौं सामाजिक सुरक्षा दिवस कार्यक्रम–२०८० का अवसरमा सोमबार काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले कोषबाट सञ्चालित सामाजिक सुरक्षा कार्यक्रमको सफल कार्यान्वयनले सरकार सफल हुने बताए।
नेपाली नागरिकलाई कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदायक संस्थाको रुपमा कोषलाई विकास गराउन सरकारले निरन्तर समन्वय गर्ने प्रतिबद्धता उनले जनाए।
‘सबै नेपालीको सामाजिक सुरक्षा प्रदायक संस्थाका रुपमा समाजिक सुरक्षा कोषलाई विकास गराउन नेपाल सरकारबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी नहुने विश्वास दिलाउन चाहन्छु,’ प्रधानमन्त्री दाहालले भने।
संविधानमा व्यवस्था अनुसार समाजवादउन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्वपूर्ण आयाम सामाजिक न्याय भएको उनले बताए।
सामाजिक न्याय कार्यान्वयनको महत्वपूर्ण आधार सामाजिक सुरक्षा कार्यक्रम भएको उनको भनाइ थियो। उनले भने, ‘यो कार्यक्रम समाजवादी राज्य स्थापनाको आकांक्षा राख्ने सम्पूर्ण जनसमुदायका निम्ति गौरवको विषय हो।’











![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)