आज सुरु भएकाे रास्वपाको संयुक्त बैठक बुधबार सकिने, यस्ताे छ कार्यक्रम

जनकपुरधाम, मंसिर ११ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ।
बैठक तीन दिनसम्म चल्नेछ। महोत्तरीको जलेश्वरमा सभापति रवि लामिछानेको अध्यक्षतामा सुरु भएको बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिकोसमेत सहभागिता रहेको छ। पार्टी स्थापनायता रास्वपाको यो सबैभन्दा बृहत बैठक हो।
बैठकमा राजनीतिक, साङ्गठनिक, आर्थिक, अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनुका साथै सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा छलफल हुने पार्टी महामन्त्री एवम् प्रवक्ता डा मुकुल ढकालले जानकारी दिए।
सोमबार नै पार्टी सभापतिबाहेक २० सांसदलाई बोल्न दिइएको छ। पार्टी उपसभापति डोलप्रसाद अर्यालले आर्थिक तथा लेखा प्रतिवेदन गरेपछि आर्थिक व्यवस्थापन विभाग प्रमुख लिमा अधिकारी र लेखा आयोगका प्रमुख अभिषेक घिमिरेले उक्त प्रतिवेदनमाथि धारणा राख्ने भएका छन्।
संगठन विभागका प्रमुख तथा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार सांगठनिक प्रतिवेदन पेस गर्नेछन्। रास्वपाको नीति विचार प्रतिनिधि मण्डलको बैठक पनि सोमबार साँझ बस्नेछ ।
मंगलबार बिहान केन्द्रीय समिति र संसदीय दलको छुट्टाछुट्टै बैठक पनि बस्नेछ। केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको गतिविधिबारे प्रतिवेदन पेस गर्ने बताइएकाे छ।
मंगलबार नै सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्ने, महामन्त्री ढकाल र सहमहामन्त्री बुर्लाकोटीले महाधिवेशनको कार्यविधि र प्रक्रियासहितको प्रतिवेदन मंगलबार पेस गर्ने र नीति विचार प्रतिनिधिमण्डलको बैठक पनि बस्ने जनाइएकाे।
बुधबार विहान ७ बजे सुरु हुने बैठक मध्याह्रनतिर सक्ने कार्यतालिका छ। महाधिवेशन कार्यविधि तथा प्रक्रियामाथि दुई घन्भिडात्र सहभागीहरुले धारणा राख्ने र नीति र विचारमाथि बोल्न एक घण्टाको समय छुट्याइएको छ।











![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)