जलवायु परिवर्तनले नेपाल डरलाग्दो स्थितितर्फ : प्रधानमन्त्री प्रचण्ड
-1701085239.jpg)
काठमाडौं, मंसिर ११ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले नेपाल अहिले जलवायु परिवर्तनले डरलाग्दो स्थितितिर गइरहेको बताएका छन्।
माओवादी केन्द्र पार्टी कार्यालय पेरिसडाँडामा सोमबार पार्टीको नयाँ वेबसाइट सार्वजनिक गर्दै उनले अहिले जलवायु परिवर्तनले डरलाग्दो स्थिति आएको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण जरुरी रहेको बताए। विश्व परिवेशका प्रतिकूलताबीच पनि नेपालले आफ्नो भनाइ राख्न कूटनीतिक पहल गरिरहेको र त्यसले सफलता पनि पाइरहेको दाबी उनले गरे।
इजरायलमा हमासको आन्दोलनका बीच राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल आउनुलाई कूटनीतिक सफलताका रुपमा लिनुपर्ने उनले बताए। गुटेरेसले गत कात्तिक दोस्रो साता नेपालको चारदिने भ्रमण गरेका थिए।
राष्ट्रसंघका महासचिवले पनि जलवायु परिवर्तनको असरबारे बोलेकाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले आवाज उठाउन सहज भएको भनाइ प्रधानमन्त्री दाहालको छ । जलवायु परिवर्तनका असर न्यूनीकरणबारेको अन्तर्राष्ट्रिय सम्मेलन कोप–२८ मा भाग लिन दाहाल आगामी बुधबार दुबई जाँदैछन्। सम्मेलनका सहभागीको ध्यानाकर्षणका लाग िनेपालले आफ्ना मुद्दा राख्ने तयारी गरिरहेको उनले बताए।
उनले भने ‘नेपाल अहिले जलवायु परिवर्तनले डरलाग्दो स्थितितिर जाँदै छ ।’ यसमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण जरुरी रहेको उनले बताए। अर्को प्रसंगमा उनले डिजिटल प्रविधिका माध्यमबाट हुने तीव्र काममा परम्पराले प्रतिस्पर्धा गर्न सक्ने स्थिति नभएको टिप्पणी गरे।
‘सामाजिक सञ्जालको प्रयोगबाट र डिजिटल माध्यमबाट हुने कामको गति यति तीव्र छ कि त्यसमा परम्पराले प्रतिस्पर्धा गर्न सक्ने स्थिति नै छैन,’ उनले भने।











![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)