समितिमा रहेका विधेयकहरुलाई संसदको आगामी अधिवेशनम लैजाने तयारी गर्न सभामुखकाे निर्देशन
सोमबार सिंहदरबारमा विषयगत समितिका सभापतिसँग छलफल गर्दै सभामुख घिमिरेले विधेयकको कामलाई प्राथमिकता दिएर संसदको आगामी अधिवेशनम लैजाने गरि तयारी गर्न निर्देशन दिएका हुन्।
काठमाडाैं, मंसिर ११ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समितिमा रहेका विधेयकहरुलाई संसदको आगामी अधिवेशनम लैजाने गरि तयारी गर्न निर्देशन दिएका छन्।
सोमबार सिंहदरबारमा विषयगत समितिका सभापतिसँग छलफल गर्दै सभामुख घिमिरेले विधेयकको कामलाई प्राथमिकता दिएर संसदको आगामी अधिवेशनम लैजाने गरि तयारी गर्न निर्देशन दिएका हुन्।
उनले समितिमा कोरम नपुगेर स्थगीत हुने समस्यालाई समाधान गर्न पनि निर्देशन दिए। समितिको कार्यक्षेत्रमा देखिएको दोहोरोपन हटाउन, समितिले दिएको निर्देशन कार्यान्वयनको अवस्थाका बारेमा अवगत हुन पनि उहाले सुझाव दिए।
सभामुख घिमिरेले समितिका निर्देशन र प्रतिवेदन कार्यान्वयनका लागि आफ्नो पूर्णसाथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
छलफलपछि राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले समितिको निर्देशन कार्यान्वनको अवस्था, समितिको कार्यक्षेत्र लगाएतका बिषयमा छलफल भएको जानकारी दिनुभयो । सरकारसंगको समन्वयमा अनुगमनलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा पनि छलफल भएको उहाको भनाइ छ।
बैठकमा समिति सभापतिले सम्बन्धीत समितिमा भएका बैठक, निर्देशन, उपलब्धि र अन्य कार्यसम्पादनसम्बन्धी विषयमा जानकारी गराएका थिए ।











![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)