समस्याको निकासका लागि सही निर्णय भनेकै सरकार विघटन : अध्यक्ष साह
-1701082157.jpg)
काठमाडौं, मंसिर ११ : आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशमा विद्यमान समस्याको निकासका लागि सही निर्णय भनेकै सरकारको विघटन रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै उनले देशको निकासको सही निर्णय भनेकै सरकारको विघटन रहेको भन्दै राष्ट्रपतीय प्रणालीमा गएर मात्रै देशमा स्थिरता हुने बताएका हुन् ।
उनले भने, ‘हामीले भनेका छौं, देशमा समस्याको निकासका लागि सही निर्णय भनेकै यो सरकारको विघटन, यो व्यवस्थाको विकल्पमा अन्तरिम सरकार बनाएर अघि बढ्ने हो । अब राष्ट्रपतीय प्रणालीमा जानुपर्छ अनि मात्रै देशमा स्थिरता हुन्छ । अनैतिक राजनीतिको स्थिति छ । नैतिकताको बाटो जानुपर्छ ।’
उनले सरकारले मिटर ब्याजीको नाममा भ्रष्टाचार र घुस खोरीलाई बढवा दिएको आरोप पनि लगाए ।
प्रकाशित मिति: १६:३५ बजे, सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)