Kathmandu Press

धर्मगुरु आचार्य श्रीनिवास गौशालाबाट पक्राउ

धर्मगुरु आचार्य श्रीनिवास गौशालाबाट पक्राउ

काठमाडौं, मंसिर ११ : प्रहरीले धर्मगुरु आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ। 

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनमा सहभागी भएका श्रीनिवासलाई गौशालाबाट नियन्त्रणमा लिएको हो।

प्रसाईं समूह गौशाला क्षेत्रमा आयोजना गरेको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा गरेपछि झडप समेत भएको थियो।

सोही क्रममा अश्रुग्याँस समेत प्रहार गरिएको थियो। आचार्य श्रीनिवासलाई अहिले प्रहरी वृत्त गौशालामा राखिएको छ।

प्रकाशित मिति: १६:३० बजे, सोमबार, मंसिर ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्