Kathmandu Press

फ्याँकिसकेको राजतन्त्र फर्किंदैन : देउवा

फ्याँकिसकेको राजतन्त्र फर्किंदैन : देउवा

नवलपुर, मंसिर ११ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय गणतन्त्र निर्विकल्प रहेको बताउँदै  फ्याँकिसकेको  राजतन्त्र कुनै पनि हालतमा नफर्किने उद्घोष गरेका छन् । नेपाली कांग्रेस नवलपुरको पहिलो जिल्ला सम्मेलनलाई सोमबार सम्बोधन गर्दै काँग्रेस सभापति देउवाले उक्त भनाइ राखेका हुन्। 

देउवाले धर्मनिरपेक्षताका बारेमा पार्टीमा आन्तरिक छलफल गर्न सकिने पनि बताए । सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भने, ‘जनताले संविधानमार्फत फालिसकेको राजतन्त्र फर्कने कुनै सम्भावना छैन । देउवाले केही दिनदेखि काठमाडौंमा देखिएको गतिविधीबारे देउवाले केही बोलेनन् भन्ने सुनेको सन्दर्भ उल्लेख गर्दै थपे, ‘हाम्रो पार्टीको स्पष्ट धारणा छ संघीयता र गणतन्त्रकोविरुद्ध हुने कुनै पनि गतिविधी हामिलाई मान्य छैन ।’

उनले गणतन्त्रको विकल्प नभएको बताए । उनले पार्टीका सबै मतभेद हटाएर संगठन बिस्तारमा लाग्न उनले कांग्रेस नेता कार्यकर्तालाई निर्देशन दिए । अर्का वक्ता कांग्रेसका महामन्त्री गगन थापाले जनता र पार्टी कार्यकर्तामा रहेको अन्यौल हटाउन कांग्रेसको नेतृत्व लागि परेको भनाई राखे । थापाले निरंकुश राजतन्त्रको बिषयमा वकालत गर्नु भविष्यका लागि घातक हुने चेतावनी समेत थापाले दिए । 

कांग्रेसका जिल्ला सभापति तथा प्रदेशमन्त्री महेन्द्रध्वज जिसीको अध्यक्षतामा सुरु भएको प्रथम सम्मेलनले जिल्ला भित्र रहेका आर्थिक, सामाजिक र राजनितिक विषयमा छलफल गर्ने जनाइएको छ । 

प्रकाशित मिति: १६:१९ बजे, सोमबार, मंसिर ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्