प्रसाईं समूह र प्रहरीबीच गौशालामा झडप
आन्दोलनकारीले सोमबार दिउँसो गौशाला प्रहरी वृत्त अगाडी सडकमा प्रदर्शन र ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयोग छ।
काठमाडौं, मंसिर ११ : गौशालामा आन्दोलनकारी दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ।
आन्दोलनकारीले सोमबार दिउँसो गौशाला प्रहरी वृत्त अगाडी सडकमा प्रदर्शन र ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयोग छ।
आन्दोलनकारी र प्रहरीविच धकेलाधकेल भएको हो। अहिले भने प्रहरीले प्रसाईं समूहका प्रदर्शनकारीलाई तितरबितर पारेको छ।
ढंगामुढामा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यसअघि सभामा श्रीनिवास आचार्यलगायतले आन्दोलन चर्काउनुपर्ने भन्दै उत्तेजक भाषण दिएका थिए।
गत मंसिर ७ गतेदेखि काठमाडौंका विभिन्न ठाउँमा प्रसाईं पक्षधर समूहले प्रदर्शन गरिरहेका छन्।
प्रकाशित मिति: १५:२६ बजे, सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)