Kathmandu Press

आज चार प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आज आंशिकदेखि सामान्य बदली रहने छ।
आज चार प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, मंसिर ११ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आज आंशिकदेखि सामान्य बदली रहने छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई–स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई–स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागमा पनि हल्का हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ।

सोमबार राती देशभर मौसम आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम र  कर्णाली प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

 

प्रकाशित मिति: ०८:३३ बजे, सोमबार, मंसिर ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्