एकैपटक ७१ सहसचिवको सरुवा (सूचीसहिच)
मंसिर ७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ७१ जना सहसचिवहरुको सरुवा गरेको हो।
काठमाडौं, मंसिर १० : सरकारले एकैपटक ठूलो संख्यामा सहसचिवहरूको सरुवा गरेको छ। मंसिर ७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ७१ जना सहसचिवहरुको सरुवा गरेको हो।
सरकारले अधिकांश मन्त्रालयमा नयाँ सहसचिवहरुलाई ल्याइएको छ। प्रदेश र स्थानीय तहमा नयाँ सहसचिव आएका छन्।
विभिन्न प्रदेशका मुख्यमन्त्री कार्यालय र मन्त्रालयहरुमा पनि नयाँ सहसचिवहरु पठाइएको छ।
एक महिनाअघि नै संघीय मामिला तथा सामान्य प्रशासान मन्त्रालयले ५५ जना सचिवको सरुवाको प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो। तर, मन्त्रीहरुबीचको मतभेद र कर्मचारीहरुको स्वार्थका कारण सरुवाको सूचीलाई अन्तिम रुप दिन सरकारलाई सरकारलाई सकस परेको थियो।
प्रकाशित मिति: २१:०१ बजे, आइतबार, मंसिर १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











