Kathmandu Press

‘देशमा डाक्टर र नर्स नपाइने हो कि भन्ने चिन्ता छ’

उनले नेपाल चिकित्सक संघलाई स्वास्थ्य क्षेत्रमा खेल्दै आएको भूमिका परिमार्जन गर्न आग्रह गदै मन्त्रालय र नेपाल सरकार जुन सुकै अवस्थामा पनि सहयोग गर्न प्रतिबद्ध रहेको बताए।
‘देशमा डाक्टर र नर्स नपाइने हो कि भन्ने चिन्ता छ’

काठमाडौं, मंसिर १० : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालको चिकित्सा शिक्षा दिन प्रतिदिन कमजोर हुँदै गइरहेको बताएका छन्।

आइतबार काठमाडौंमा नेपाल चिकित्सक संघद्वारा आयोजित ‘थर्ड एनएमए नेशनल हेल्थ समिट–२०२३’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैले सोचेजस्तो काम गर्न नपाएका कारण नेपालको चिकित्सा शिक्षा दिन प्रतिदिन कमजोर हुँदै गएको बताए।

अब ५ वर्षपछि देशमा डाक्टर र नर्स पाइने हो कि होइन भन्ने चिन्ताको विषय बनेको मन्त्री बस्नेतको भनाइ छ।

‘यो क्षेत्रमा तपाईंहरुले  चाहेको जस्तो काम गर्न पाउनुभएको छैन । मन मारेर हिँड्नु परेको छ। जसले गर्दा नेपालको चिकित्सा शिक्षा दिन प्रतिदिन कमजोर हुँदै गएको छ,’ उनले भने, ‘अब ५ वर्षपछि यो देशमा डाक्टर र नर्स पाइने हो कि होइन भन्ने चिन्ताको विषय बनेको छ।’

उनले नेपाल चिकित्सक संघलाई स्वास्थ्य क्षेत्रमा खेल्दै आएको भूमिका परिमार्जन गर्न आग्रह गदै मन्त्रालय र नेपाल सरकार जुन सुकै अवस्थामा पनि सहयोग गर्न प्रतिबद्ध रहेको बताए।

‘नेपालको स्वास्थ्य क्षेत्र र चिकित्सा शिक्षा क्षेत्रमा तपाईंहरुले जुन भूमिका खेल्दै आइरहनु भएको छ, अझ यसमा परिमार्जित भएर अगाडि बढ्नुहोस्। सरकारले जुनसुकै अवस्थामा पनि तापाईंहरुको साथमा रहेर काम गर्ने छ,’ उनले भने।

मन्त्री बस्नेतले कुनै पनि अवस्थामा ६ महिना भित्रमा देशको स्वास्थ्य क्षेत्र, देशको चिकित्सा क्षेत्र र सेवालाई आश गर्न लायकको बनाउन जरुरी रहेको बताए।

प्रकाशित मिति: १९:४४ बजे, आइतबार, मंसिर १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्