Kathmandu Press

एमाले सचिव भट्टराई चढेको गाडीमा आक्रमण

एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाका अनुसार करिब आठ जनाको संख्यामा रहेका पहिचान पक्षधर संगठनका कार्यकर्ताले गाडीमा आत्रमण गरेका हुन्।
एमाले सचिव भट्टराई चढेको गाडीमा आक्रमण

ताप्लेजुङ, मंसिर १० : नेकपा एमालेका सचिव एवं संघीय सांसद योगेशकुमार भट्टराई चढेको गाडी उनकै गृहजिल्ला ताप्लेजुङमा तोडफोड गरिएको छ।

काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङमा पहिचान पक्षधर संगठनका कार्यकर्ताले उनको गाडीमा आक्रमण गरेका हुन्।

एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाका अनुसार करिब आठ जनाको संख्यामा रहेका पहिचान पक्षधर संगठनका कार्यकर्ताले गाडीमा आत्रमण गरेका हुन्।

उनीहरुले गाडीमा ढुंगा र लाठीले आक्रमण गरेको खतिवडाले बताए । आक्रमणबाट गाडीको सिसा फुटेको छ । गाडीमा सवार कोही घाइते नभएको प्रहरीले जनाएको छ।

आजै एमालेका कार्यकर्ता र पहिचान पक्षधर संगठनका कार्यकर्ताबीच झडप पनि भएको थियो।
 
प्रदेश १ लाई कोशी नामकरण गरिएकामा पहिचान पक्षधर असन्तुष्ट छन् । उनीहरुले पुनः नामांकन संयुक्त संघर्ष समिति गठन गरी आफ्नो आन्दोलन सञ्चालन गर्दै आएका छन्।

त्यस क्रममा उनीहरुले प्रदेशको नाम पहिचानको आधारमा राख्न पहल नगरेको भन्दै विभिन्न दलका नेताहरु, मन्त्रीलगायतको विरोध गर्दै आएका छन्।

यसअघि पनि केही नेता र प्रदेशका मन्त्रीहरु चढेको गाडीमा पहिचान पक्षधर कार्यकर्ताहरुले आक्रमण गरेका थिए।

 

प्रकाशित मिति: १८:५५ बजे, आइतबार, मंसिर १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्