क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौडेलको नाम अनुमोदन
संसदीय सुनुवाइ समितिले आइतबार पौडेलसँगको सुनुवाइपछि नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो।
काठमाडौं, मंसिर १० : क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौडेलको नाम अनुमोदन भएको छ।
संसदीय सुनुवाइ समितिले आइतबार पौडेलसँगको सुनुवाइपछि नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो।
अब उनी राष्ट्रपतिबाट राजदूतमा नियुक्त हुनेछन्। कात्तिक ३ गते मन्त्रिपरिषद बैठकले उनलाई क्यानडाको राजदूतमा सिफारिस गरेको थियो।
प्रकाशित मिति: १७:१५ बजे, आइतबार, मंसिर १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार