कर्मचारीलाई आएको छात्रवृत्ति छोरीलाई दिलाएको आरोपसहित पौड्यालविरुद्ध उजुरी
मन्त्रिपरिषद्को गत कात्तिक ३ गतेको निर्णय अनुसार परराष्ट्र मन्त्रालयका सचिव पौड्याललाई क्यानडाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय भएको थियो। सुनुवाई समितिले पौड्यालविरुद्ध परेको उजुरीमा छानबिन थाल्दै सार्वजनिक रुपमा उजुरी आव्हान गरेको थियो।
काठमाडौं, मंसिर १० : क्यानडाका लागि नेपालको राजदूतमा सिफारिस भरतराज पौड्यालविरुद्व सरकारी कर्मचारीलाई आएको छात्रवृत्ति छोरीलाई दिलाएको आरोपसहित संसदीय सुनुवाई विशेष समितिमा उजुरी परेको छ।
मन्त्रिपरिषद्को गत कात्तिक ३ गतेको निर्णय अनुसार परराष्ट्र मन्त्रालयका सचिव पौड्याललाई क्यानडाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय भएको थियो। सुनुवाई समितिले पौड्यालविरुद्ध परेको उजुरीमा छानबिन थाल्दै सार्वजनिक रुपमा उजुरी आव्हान गरेको थियो।
सरकारी कर्मचारीलाई आएको छात्रवृत्ति आफ्नै छोरीलाई दिलाएको आरोप उजुरीमा लगाइएको छ। सरकारका कर्मचारीका लागि प्राप्त हुने छात्रवृत्ति कर्मचारीलाई नदिएर आफ्नै छोरीलाई दिलाएको दाबी उजुरीकर्ताको छ।
उक्त छात्रवृत्तिमा आफ्नी छोरीलाई स्वीटजरल्याण्ड पठाएर पदीय जिम्मेवारीको दुरुपयोग गरेको दाबीसहित उनलाई राजुदुतमा रोक्न माग छ। स्वीटजरल्याण्डमा दूतावासका कर्मचारीमार्फत् त्यहाँका कर्मचारीकै आवासगृहमा राखेर छोरीलाई पढाएको अर्को आरोप समेत लागेको छ।
पौड्यालविरुद्व खरिदार र सुब्बा जाने विदेशी कार्यक्रममा समेत आफैं जाने र भत्ता आर्जन गर्ने गरेको आरोप पनि लगाइएको छ। पौड्यालले आगामी २० मंसिरबाट अवकाश पाउँदैछन्।