नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी र खाणको सुनुवाइ हुँदै
पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्व गृहमन्त्री खाण, प्रतिवादीहरु केशव दुलाल र टंक गुरुङको पक्षमा बहसको तयारी भएको हो। गत शुक्रबार भुटानी नेता टेकनाथ रिजालको तर्फबाट वहस सकिएको थियो।
काठमाडौं, मंसिर १० : नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको मुद्दामा आइतबार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, बालकृष्ण खाण सहितका मुख्य अभियुक्तहरुको सुनुवाई शुरु हुँदै छ।
पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्व गृहमन्त्री खाण, प्रतिवादीहरु केशव दुलाल र टंक गुरुङको पक्षमा बहसको तयारी भएको हो। गत शुक्रबार भुटानी नेता टेकनाथ रिजालको तर्फबाट वहस सकिएको थियो।
शुरुमा खाणका कानुन व्यवसायीले बहसको तयारी गरेका छन्। जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासबाट पुर्पक्षका लागि थुनामा पठाउने गरी भएको आदेश बेरितको भएको दाबीसहित यी प्रतिबादीहरु उच्च अदालत पुगेका थिए।
आइतबारको वहशमा धरौटीमा रिहा हुनुुपर्ने माग उनीहरुले गरेका छन्। उच्चले यसअघि सबै निवेदकहरुको निवेदनलाई एकै साथ राखेर सुनुवाइ गर्न आदेश भएको थियो।
प्रकाशित मिति: १३:०९ बजे, आइतबार, मंसिर १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार