नर्सिङको लाइसेन्स परीक्षामा ८० प्रतिशतभन्दा बढी अनुत्तीर्ण

काठमाडौं, मंसिर १० : नर्सिङको लाइसेन्स परीक्षामा ८० प्रतिशतभन्दा बढी नर्स फेल भएका छन्। शनिबार लिइएको स्टाफ नर्स (पिसिएल नर्सिङ) तर्फको लाइसेन्स परीक्षाको नतिजा त्यस्तो आएको हो। यसले नेपालको नर्सिङ पढाइको गुणस्तरमा प्रश्न जन्माएको छ।
शनिबार बिहान ९ देखि ११ः३० सम्म नेपाल नर्सिङ परिषद्ले ३४औं नर्सको नाम दर्ता (लाइसेन्स) का लागि लिएको परीक्षाको नतिजाअनुसार पिसिएल नर्सिङतर्फ कुल १२ सय ७० जना सहभागी भएका मध्ये २४६ जना (१९.३४ प्रतिशत) मात्रै उत्तीर्ण भएको जनाइएको छ।
शनिबार नै बिएस्सी नर्सिङतर्फको लाइसेन्स परीक्षामा पनि आधाभन्दा बढी अनुत्तीर्ण भएका छन्। बिएस्सी नर्सिङमा ४१४ जना परीक्षामा सहभागी भएकामा २०३ जना (४९.०३) प्रतिशत उत्तीर्ण भएका छन्।
प्रकाशित मिति: १२:५३ बजे, आइतबार, मंसिर १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











