रास्वपाको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक भोलिदेखि जलेश्वरमा

काठमाडौं, मंसिर १० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक भोलिदेखि महोत्तरीको जलेश्वरमा हुने भएको छ।
भोलिदेखि तीन दिन (मंसिर ११ देखि १३ गतेसम्म) चल्ने बैठकमा प्रदेश सभापतिहरूको पनि सहभागी हुने रास्वपाका महासचिव मुकुल ढकालले जानकारी दिए।
उनका अनुसार बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिबारे छलफल हुनेछ।
रास्वपकाे विधानअनुसार महाधिवेशन प्रक्रिया यही मंसिरबाटै सुरु हुँदैछ। अन्य प्रदेशको तुलनामा मधेसमा संगठन कमजोर देखिएकाले रास्वपाले त्यहाँ संगठन निर्माणमा व्यापक रूपमा लाग्ने बताइएकाे छ।
प्रकाशित मिति: ११:५३ बजे, आइतबार, मंसिर १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











