Kathmandu Press

उदयपुर बस दुर्घटना अपडेट : ३ जनाको मृत्यु, ३९ जना घाइते

मृत्यु हुनेमा बसका चालक ४० वर्षीय भिखन चौधरी, ११ वर्षीय विकास चौधरी र ७ वर्षीया सन्ध्या चौधरी रहेको प्रहरीले जनाएको छ।
उदयपुर बस दुर्घटना अपडेट : ३ जनाको मृत्यु, ३९ जना घाइते

उदयपुर, मंसिर ९ : वनभोज मनाएर फर्कदै गरेको स्कुल बस दुर्घटनामा ३ जनाको मृत्यु भएएको छ।

शनिबार दिउँसो उदयपुरको त्रियुगा नगरपालिका–५ देउरीस्थित अन्नपूर्ण स्कुलको बस मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना भएको थियो।

ओरालोमा अनियन्त्रित भएर बस उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा कर्ल्भट नजिक सडकबाट करिब ४० फिट तल खसेर पल्टिएको प्रहरीले जनाएको छ। सो दुर्घटनामा ३९ जना घाइते छन्।

मृत्यु हुनेमा बसका चालक ४० वर्षीय भिखन चौधरी, ११ वर्षीय विकास चौधरी र ७ वर्षीया सन्ध्या चौधरी रहेको प्रहरीले जनाएको छ।

घाइतेहरुको उदयपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते ५ जनालाई थप उपचारका लागि विराटनगर पठाइएको छ।

प्रकाशित मिति: १८:५३ बजे, शनिबार, मंसिर ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्