Kathmandu Press

पूर्वराजाले गरे झापामा पृथ्वीनारायण शाहको शालिक अनावरण

पुर्वराजा शाहले शनिबार बिर्तामोडस्थित इकम कलेजको उद्घाटनसँगै सोही कलेजको प्रांगणमा निर्मित पृथ्वीनारायण शाहको पूर्ण कदको शालिकको अनावरण गरे।
पूर्वराजाले गरे झापामा पृथ्वीनारायण शाहको शालिक अनावरण

झापा, मंसिर ९ : पूर्वराजा ज्ञानेन्द्र शाहले झापामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन्।

पुर्वराजा शाहले शनिबार बिर्तामोडस्थित इकम कलेजको उद्घाटनसँगै सोही कलेजको प्रांगणमा निर्मित पृथ्वीनारायण शाहको पूर्ण कदको शालिकको अनावरण गरे।

पुर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राजा समर्थक युवा समुहले बिर्तामोडमा मोटरसाईकल र्‍याली गर्दै कार्यक्रम स्थलसम्म स्कर्टिङ गरेका थिए। कार्यक्रम स्थलमा ठूलो मात्रामा समर्थकको भीड थियो।

कार्यक्रम स्थलमा आउदा सडकमा लामबद्ध भएका समर्थकहरुले पुर्वराजालाई स्वागत गरेका थिए ।

प्रकाशित मिति: १८:०१ बजे, शनिबार, मंसिर ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्