Kathmandu Press

अब दलहरूले हाेइन, हाम्राे अभियानले देशको विकास गर्नेछ : दुर्गा प्रसाईं

शनिबार काठमाडौंको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रसाईंले अहिलेका दलहरुबाट देशको बिकास नहुने भन्दै जनतालाई अघि सारेर देशको विकास गर्ने दाबी गरेका हुन्।
अब दलहरूले हाेइन, हाम्राे अभियानले देशको विकास गर्नेछ : दुर्गा प्रसाईं

काठमाडौँ, मंसिर ९ : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफुहरुको अभियानले देशको विकास गर्ने दाबी गरेका छन्।

शनिबार काठमाडौंको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रसाईंले अहिलेका दलहरुबाट देशको बिकास नहुने भन्दै जनतालाई अघि सारेर देशको विकास गर्ने दाबी गरेका हुन्।

सबै नेपाली राष्ट्रवादी बन्न आवस्यक रहेकाले अबको समय विकास र समृद्धिको भएको उनको भनाइ छ। प्रसाईँले बिभिन्न कारणले जनताहरुले देहत्याग गर्नुपरे पनि राज्यले केही गर्न नसकेको बताए। १०० औं बर्ष आन्दोलनमा बेतित गर्नुपर्दा देशमा बिकास हुन नसकेको उहाले तर्क गर्नुभयो। उहाले भ्रष्टाचार, तस्कर बिरुद्ध लड्न आह्वान समेत गरे।

प्रसाईँले शान्तिपूर्ण रुपमा आफुहरुकोे अभियान चल्ने र कसैले रोक्न नसक्ने बताए। उनले आफुहरुलाई काठमाडौमा निषेध गर्नेहरुलाई अव आफ्नो अभियानले निषेध गर्ने चेतावनी दिए। 

प्रकाशित मिति: १६:५९ बजे, शनिबार, मंसिर ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्