Kathmandu Press

‘कार्बन उत्सर्जनले अविकसित तथा अल्पविकासशील मुलुकहरू सबैभन्दा धेरै जोखिममा’

जलवायु परिवर्तनका कारण परेको असरका बारेमा सबैभन्दा बढि चर्चा माओवादीले मात्रै गरेको उनले बताए।
‘कार्बन उत्सर्जनले अविकसित तथा अल्पविकासशील मुलुकहरू सबैभन्दा धेरै जोखिममा’

काठमाडौँ, मंसिर ९ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्बन उत्सर्जनले अविकसित तथा अल्पविकासशील मुलुकहरूलाई नै सबैभन्दा धेरै जोखिममा पुर्‍याएको बताएका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा विशाल खड्काको ‘पर्यावरणीय संकटः आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वका ठूला देशहरुबाट भएका कार्बन उत्सर्जनले अविकसित तथा अल्पविकासशील मुलुकहरूलाई नै सबैभन्दा धेरै जोखिममा पुर्‍याएको बताएका हुन्।

जलवायु परिवर्तनका कारण परेको असरका बारेमा सबैभन्दा बढि चर्चा माओवादीले मात्रै गरेको उनले बताए। उनले जलवायु परिवर्तनका असरमा नेपालले उचित न्याय र क्षतिपूर्ति पाउनुपर्ने र नगरेको कामको दण्ड अव नेपालले सहन नसक्ने जिकिर गरे।

प्रधानमन्त्री प्रचण्डले कोप सम्मेलनमा जलवायु परिवर्तनले पारेको असरको क्षतिपूर्ति नेपालको अधिकार भएकाले यसलाई मुख्य रुपमा अघि सार्ने स्पष्ट पारे। आफु नेतृत्वको सरकार पर्यावरणका मुद्दाप्रति निकै गम्भीर र संवेदनशील रहेको उनको भनाइ छ।

उनले पर्यावरणीय संकटलाई मार्क्सवादी कोणबाट समाधानको बाटो पहिल्याउनका लागि सवै क्रियाशिल हुनुपर्नेमा जोड दिए।

 

प्रकाशित मिति: १६:५३ बजे, शनिबार, मंसिर ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्