नेपालगन्ज म्याराथनको नवौं संस्करण आज सम्पन्न (तस्बिरहरू)
यसअघि छैटौं संस्करणको उपाधि जितेका एपीएफका गोपीचन्द्र पार्कीले जितेका छन्। उपाधिसँगै पार्कीले २ लाख नगद पुरस्कार जितेका छन्।
नेपालगन्ज, मंसिर ९ : एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट मान्यता पाएको नेपालगन्ज म्याराथनको नवौं संस्करण आज सम्पन्न भएको छ। यसअघि छैटौं संस्करणको उपाधि जितेका एपीएफका गोपीचन्द्र पार्कीले जितेका छन्। उपाधिसँगै पार्कीले २ लाख नगद पुरस्कार जितेका छन्।
















महिलातर्फ भने सन्तोषी श्रेष्ठले उपाधि उचलेकी छिन्। यस्तै फूलमती राना द्वितीय र पुष्पा भण्डारी तृतीय भएका छन्।
प्रथम स्थान हासिल गरेकी सन्तोषीले ७५ हजार रुपैयाँ प्राप्त गरेकी छिन्। दोस्रो भएकी रानाले ५० हजार र तेस्रो हुन सफल भण्डारीले २५ हजार नगद हात पारेका छन्।
ह्विलचेयर दौडमा पनि पुरुष तथा महिलातर्फ अलगअलग शीर्ष तीनलाई ५ हजार, ३ हजार र २ हजार रुपैयाँबाट पुरस्कृत गरिएको छ। किड्स रनतर्फका विजेतालाई शैक्षिक उपहारबाट प्रोत्साहन गरिनेछ। कर्पोरेट पाँच किलोमिटर दौडमा विजेतालाई पदक र विभिन्न आकर्षक प्याकेजबाट सम्मानित गरिएको छ।












-1765629162.jpg)