एनएसएलमा आज २ खेल हुँदै
दिउँसो १ बजे हुने खेलमा पोखरा थन्डर्स र एफसी चितवन आमने सामने हुँदा साँझ साढे ५ बजे ललितपुर सिटी एफसी र वुटवल लुम्बिनी आमने सामने हुने छन्।
काठमाडौं, मंसिर ९ : नेपाल सुपर लिग एनएसएलमा आज २ वटा खेल हुने भएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे र साँझ साढे ५ बजे गरी २ वटा खेल हुने भएका हुन्।
दिउँसो १ बजे हुने खेलमा पोखरा थन्डर्स र एफसी चितवन आमने सामने हुने छन्। दुवै टिम विजयी सुरुआत गर्ने लक्ष्यमा हुने छन्।
यसैगरी आजै साँझ साढे ५ बजे ललितपुर सिटी एफसी र वुटवल लुम्बिनी आमने सामने हुने छन्।
यी दुवै टिमले पनि पहिलो जितका साथ प्रतियोगिताको सुरुआत गर्ने लक्ष्य लिएका छन् । यसअघि शुक्रबार भएको उद्घाटन खेलमा काठमाडौं रेजर्सले स्र्पोटिङ इलामलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
प्रकाशित मिति: ११:५९ बजे, शनिबार, मंसिर ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1765629162.jpg)