Kathmandu Press

बर्दियामा आगलागीमा परी चार जनाको मृत्यु

आगलागीमा परी १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको छ।
बर्दियामा आगलागीमा परी चार जनाको मृत्यु

बर्दिया, मंसिर ९ : बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ। सो आगलागीमा परी एक जना घाइते भएका छन्।

आगलागीमा परी १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्द घाइते भएकी छिन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

आगलागीको कारण नखुलेको र त्यससम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०७:५३ बजे, शनिबार, मंसिर ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्