धनगढीका लागि उडेको श्री एयरको जहाज समस्या देखिएपछि काठमाडौं फर्कियो
जहाजको ‘इन्डिकेटर’ले प्राविधिक समस्याको संकेत गरेपछि विमान काठमाडौं फर्किको कम्पनीका व्यवस्थापक अनिल मानन्धरले बताए।1683521779.jpg)
काठमाडौं, मंसिर ८ : काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्किएको छ। समस्याग्रस्त जहाजमा चालक दलका सदस्यसहित ७६ यात्री थिए।
उक्त जहाजको ‘इन्डिकेटर’ले प्राविधिक समस्याको संकेत गरेपछि विमान काठमाडौं फर्किको कम्पनीका व्यवस्थापक अनिल मानन्धरले बताए।
प्राविधिक समस्या उत्पन्न भएको विमानका यात्रीलाई अर्को जहाजको व्यवस्था गरेर गन्तव्यतर्फ पठाइएको उनले जनाए।
प्रकाशित मिति: १९:५७ बजे, शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











