Kathmandu Press

‘यो जनताको सहभागीतामा बनेको संविधान हो, यसको विकल्प छैन’

‘परिवर्तित प्रणालीकै कारण अहिले लोकतन्त्रको विरोधमा पनि प्रदर्शन गर्न छुट भएको हो, प्रणालीको विरोध भइरहँदा राज्यले आफ्नो प्राथमिकतामा ध्यान दिनुपर्छ,’ उनले भने।
‘यो जनताको सहभागीतामा बनेको संविधान हो, यसको विकल्प छैन’
फाइल तस्बिर।

मोरङ, मंसिर ८ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको संविधान जनताको सहभागिताबाट बनेको भन्दै यसको संविधानको विकल्प नभएको बताएका छन्।

शुक्रबार मोरङको कटहरीमा नेपाल डेमोक्रेटिक लयर्स एसोशिएसनले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा महामन्त्री शर्माले धेरै शासन व्यवस्था प्रणाली हेरेर अहिलेको संविधान जनताको बनाएकाले यसको विकल्प नभएको बताए।

‘परिवर्तित प्रणालीकै कारण अहिले लोकतन्त्रको विरोधमा पनि प्रदर्शन गर्न छुट भएको हो,’ उनले भने, ‘प्रणालीको विरोध भइरहँदा राज्यले आफ्नो प्राथमिकतामा ध्यान दिनुपर्छ।’

कार्यक्रममा सहभागिहरुले कर्मचारीहरुको मिलोमतो नभई जनप्रतिनिधिहरुले भ्रष्टाचार गर्न नसक्ने भएकाले कानुनी तथा वित्तिय सुशासन बारे जानकारी राख्नुपर्ने धारणा राखेका थिए।

प्रकाशित मिति: १९:५० बजे, शुक्रबार, मंसिर ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्