Kathmandu Press

निषेधाज्ञा खुलाउन सर्वोच्चले दिएन अन्तरिम आदेश

निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णय रोक्न तत्कालका लागि अन्तरिम आदेश जारी हुनुपर्ने मागसहित अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
निषेधाज्ञा खुलाउन सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, मंसिर ८ : सर्वोच्च अदालतले माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णय विरुद्ध अन्तरिम आदेश जारी गर्न अस्विकार गरेको छ।

उक्त रिटमा निषेधाज्ञा रोक्न अन्तरिम आदेश दिन अस्विकार गर्दै सरकारका नाममा कारण देखाउ आदेश मात्र जारी भएको हो। निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णय रोक्न तत्कालका लागि अन्तरिम आदेश जारी हुनुपर्ने मागसहित अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

रिटमा सुनुवाई हुँदा सर्वोच्चका न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गर्दै लिखित जबाफ मागेको छ। सर्वोच्चले दुवै पक्षलाई छलफलमा झिकाउन समेत आदेश दिएको छ।

 

प्रकाशित मिति: १८:२७ बजे, शुक्रबार, मंसिर ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्