सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जनाविरुद्ध उजुरी आव्हान
सिफारिस हुनेमा उच्च अदालतका न्यायाधीशहरु महेश शर्मा पौडेल, शारंगा सुवेदी, टेकप्रसाद ढुङ्गाना, अब्दुल अजिज मुसलमान र कानुन व्यवसायीबाट वरिष्ठ अधिवक्ताहरु सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल छन्।
काठमाडौं, मंसिर ८ : सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस ६ जनाको बिषयमा संसदीय सुनुवाइ समितिले शुक्रबार उजुरी आव्हान गरेको छ।
समितिले १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको हो । न्यायाधीशमा सिफारिस व्यक्तिको विषयमा सार्वजनिक सञ्चार माध्यमसहित संघीय संसद् सचिवालयबाट उजुरी माग गर्ने निर्णय भएको छ ।
न्याय परिषद्ले मंसिर ५ गते सर्वोच्च अदालतको रिक्त स्थायी न्यायाधीशका लागि उच्च अदालतका ४ र कानुन व्यवसायीबाट २ गरी ६ जनाको नाम सिफारिस गरेको थियो।
सिफारिस हुनेमा उच्च अदालतका न्यायाधीशहरु महेश शर्मा पौडेल, शारंगा सुवेदी, टेकप्रसाद ढुङ्गाना, अब्दुल अजिज मुसलमान र कानुन व्यवसायीबाट वरिष्ठ अधिवक्ताहरु सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल छन्।
संसदीय सुनुवाइ समितिले उनीहरुका विरुद्ध उजुरी संकलनपछि सुनुवाइ प्रक्रिया अघि बढाउने छ।
प्रकाशित मिति: १८:१० बजे, शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार