Kathmandu Press

घरमा बन्दी बनाएको भन्दै दुर्गा प्रसाईंले दिए सर्वोच्चमा रिट  

वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले शुक्रबार प्रसाईंको तर्फबाट सर्वोच्चमा रिट निवेदन दिएका हुन्।
घरमा बन्दी बनाएको भन्दै दुर्गा प्रसाईंले दिए सर्वोच्चमा रिट  

काठमाडौं, मंसिर ८ : सुरक्षाकर्मीले आफूलाई निवासमा सीमित राखेको बताउँदै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा प्रत्यक्षीकरणको रिट निवेदन दिएका छन्।

वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले शुक्रबार प्रसाईंका तर्फबाट सर्वोच्चमा रिट निवेदन दिएका हुन्। प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित घरबाट बाहिर निस्किन नदिएको भन्दै वन्दीप्रत्यक्षकरण रिट दायर गरिएको हो।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले भने सुरक्षा समवेदनशीलतालाई ध्यानमा राखेर प्रसाईंलाई घरमै बस्न आग्रह गरिएको जनाएको छ। प्रसाईंको हकमा दायर रिटमाथि आइतबार सुनुवाइ तय भएको छ।
 

प्रकाशित मिति: १६:५७ बजे, शुक्रबार, मंसिर ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्