Kathmandu Press

राजनीति फाेहोरी खेलतर्फ लाग्यो : अध्यक्ष ओली 

राजनीति फाेहोरी खेलतर्फ लाग्यो : अध्यक्ष ओली 

काठमाडौं, मंसिर ८ : एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकार छाडेपछि देशको राजनीति फोहोरी खेलतर्फ गएको आरोप लगाएका छन्। 

एमाले पार्टी कार्यालयमा शुक्रबार आयोजित युवा संघको केन्द्रीय कमिटी बैठकमा उनले आफ्नो सरकार हुँदै त्यसलाई हटाउनेसम्मका फोहोरी खेल भएको आरोप लगाएका हुन्। ‘देशमा वर्तमान सरकारको कारणले आशालाग्दो अवस्था छैन। हामीले सरकार छोडेपछि  राजनीति फोहोरी खेलतर्फ गयो,’ उनले भने, ‘यतिसम्म फोहोर कि हाम्रो सरकार हुँदै त्यसलाई हटाउन यति फोहोरी खेल भयो।’

Hardik ivf

अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम नलिइ एमालेमा हुँदा आफ्नो पार्टीको सरकार ढलाइपाउँ र दक्षिणपन्थी नेतृत्वको सरकार पाउँ भनेर अदालतमा मुद्दा हालेको आरोप लगाए। उनले एमालेले सरकार छाड्नु परेको विगतको तीतो पोखे। 

आफूलाई वामपन्थी र कम्युनिष्ट भन्नेहरुबाट झुक्याउने नाम र नारा दिने काम भएको टिप्पणी उनले गरे। पार्टीभित्रै रहेका नेताको गैरजिम्मेवार क्रियाकलापले देशमा पार्टीप्रतिको निष्ठाको राजनीतिमा गम्भीर खलल पु¥याउने काम भएको आरोप पनि उनले लगाए। 

उनले भने, ‘आफूलाई कता कता वामपन्थी भन्नेहरु, कम्युनिष्ट भन्नेहरु, अनि झुक्याउने नाम र नारा दिनेहरुबाट ती काम भए त्यसले देशमा पार्टीप्रतिको निष्ठाको राजनीतिमा गम्भीर खलल पुर्‍याउने काम भयो। सिंगो समाजलाई निष्ठाहीन बनाउने कोसिस भयो र निष्ठामा ह्रास आउने काम भयो।’ 

प्रकाशित मिति: १६:१६ बजे, शुक्रबार, मंसिर ८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्