Kathmandu Press

बल्खुमा प्रहरीमाथि ढुंगामुढा गर्ने पाँचजना पक्राउ

बल्खुमा प्रहरीमाथि ढुंगामुढा गर्ने पाँचजना पक्राउ

काठमाडौं, मंसिर ८ : बिहीबार काठमाडौँको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा प्रहरीमाथि ढुङ्गामुढा गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पशुपति खड्का, मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही तथा आवास खड्का रहेका जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए।

उनका अनुसार बिहीबार दुर्गा प्रसाइ नेतृत्वको समूहले बल्खुमा गरेको आन्दोलनमा अराजक गतिविधि गर्नुका साथै प्रहरीमाथि ढुङ्गामुढा गरेका कारण पक्राउ गरिएको हो। उनीहरुलाई काठमाडौँका विभिन्न ठाउँबाट आज नियन्त्रणमा लिइएको थियो।

प्रकाशित मिति: १५:४१ बजे, शुक्रबार, मंसिर ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्