Kathmandu Press

मध्यपहाडी राजमार्गमा हिँड्ने अधिकार केपी ओलीलाई मात्रै छ : महेश बस्नेत  

एमाले पार्टी कार्यालयमा शुक्रबार आयोजित युवा संघको केन्द्रीय कमिटी बैठकमा उनले पुष्पलाल र मध्यपहाडी राजमार्ग निर्माणको जस एमालेले मात्र पाउनुपर्ने दाबी मात्र गरेनन् ओलीबाहेक अरु नेतालाई हिँड्ने अधिकारसमेत नभएको बताए।
मध्यपहाडी राजमार्गमा हिँड्ने अधिकार केपी ओलीलाई मात्रै छ : महेश बस्नेत  

काठमाडौं, मंसिर ८ : युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले मध्यपहाडी र पुष्पलाल राजमार्ग नेकपा एमालेको पहलमा बनाएको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई बाहेक उक्त राजमार्गमा हिँड्ने अधिकार अन्य नेतालाई नभएको बताएका छन्। 

एमाले पार्टी कार्यालयमा शुक्रबार आयोजित युवा संघको केन्द्रीय कमिटी बैठकमा उनले पुष्पलाल र मध्यपहाडी राजमार्ग निर्माणको जस एमालेले मात्र पाउनुपर्ने दाबी मात्र गरेनन् ओलीबाहेक अरु नेतालाई हिँड्ने अधिकारसमेत नभएको बताए। 

‘मध्यपहाडी र पुष्पलाल राजमार्ग भनेर बनाउने गौरवपूर्ण जस भएको पार्टी एमाले हो,’ उनले भने, ‘त्यही भएर मध्यपहाडी राजमार्गमा हिँड्ने अधिकार केपी ओलीलाई मात्रै छ, अरु कुनै नेतालाई छैन। एमालेबाहेक अरु कसैलाई छैन।’

मध्यपहाडी राजमार्गबाटै जनतामा नयाँ जागरणको अभियान चलाउने बताए। 
 
प्रकाशित मिति: १५:१४ बजे, शुक्रबार, मंसिर ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्