Kathmandu Press

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईले बुझे अदालतको म्याद 

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईले बुझे अदालतको म्याद 

काठमाडौं, मंसिर ८ : ललिता निवास जग्गा प्रकरणमा मुद्दा चलाउन मागसहित दायर एक रिटमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको म्याद बुझेका छन्। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइवी) ले ललिता निवास जग्गा अनियमितता प्रकरणमा नेपाल र भट्टराईमाथि पनि छानबिन गरी मुद्दा चलाउनुपर्ने मागसहित वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमा सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले गत असोज ७ गते नेपाल र भट्टराईका नाममा कारण देखाउ आदेश जारी गरेको थयो। नेताद्वयले सोही आदेशको म्याद बुझेका हुन्। 

नेपालले यही मंसिर ४ र भट्टराईले मंसिर ५ गते सर्वोच्चको म्याद बुझेका हुन्। नक्कली गुठी खडा गरी व्यक्तिका नाममा जग्गा दर्ता गरेको विवादमा पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको निर्णायक भमिका रहेका जिकिर रिटमा लिइएको छ।

जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने गैरसंवैधानिक निर्णय बदर गरी उनीहरूविरुद्ध पनि मुद्दा दर्ता हुनुपर्ने माग दाबी निवेदक न्यौपानेको छ। नेपाल र भट्टराईले म्याद बुझेपछि अब यो रिटमा सुनुवाइ अघि बढ्ने भएको छ। 
 

प्रकाशित मिति: १४:५५ बजे, शुक्रबार, मंसिर ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्