प्रहरीले आफूलाई निवासमा नजरबन्दमा राखेको दुर्गा प्रसाईंकाे भनाइ

काठमाडौं, मंसिर ८ : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले प्रहरीले आफूलाई निवासमा नजरबन्दमा राखेको बताएका छन्।
शुक्रबार भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले प्रदर्शनका लागि आफूलाई प्रहरीले बाहिर जान नदिएको र घरमा नै नजरबन्दमा राखेको बताएका हुन्।
प्रहरी लगाएर राज्यले आफूलाई जहा लगेर थुने पनि आफ्नो नागरिकका लागि आफ्नो अभियान नरोकिने उनले बताए। उनले आफ्नो अभियानलाई सफल बनाउन आह्वानसमेत गरे।
गणतन्त्रविरोधी अभियानलाई तीव्रता दिएपछि प्रशासनले प्रसाईँको निवास बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ।
प्रकाशित मिति: १४:३३ बजे, शुक्रबार, मंसिर ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











