Kathmandu Press

प्रधानमन्त्री दाहालसँग कतारका विदेश राज्यमन्त्रीकाे भेट

प्रधानमन्त्री दाहालसँग कतारका विदेश राज्यमन्त्रीकाे भेट

काठमाडाैं, मंसिर ८ : कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुईपक्षीय सम्बन्धबारे छलफल भएको थियो ।

त्यस्तै शुक्रबार नै राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखीको टोलीले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेको थियो। भेटमा परराष्ट्रमन्त्री साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन आग्रह गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १४:२७ बजे, शुक्रबार, मंसिर ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्