संसदीय सुनुवाइ समिति : प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय

काठमाडाैं, मंसिर ८ : संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधिशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले न्यायापरिषदको मंसिर ५ गतेको निर्णयानुसार सर्वोच्च अदालतका लागि न्यायाधिश सिफारिस भएकाहरुको सुनुवाईका लागि उजुरी आह्वान गर्ने निर्णय गरेको हो। न्यायपरिषद्ले शारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल कुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्चको न्यायाधिशमा सिफारिस गरेको थियो।
समितिका सभापति पशुपतिशम्शेर जवराले संसदीय सुनुवाइको कार्यविधिअनुसार उजुरी दिन १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिए। सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने उहाले बताउनुभयो। त्यस्तै बैठकले पोर्चुगलका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको उहाले जानकारी दिनुए।
सिफारिस भएका व्यक्तिलाई संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान छ।











