Kathmandu Press

दुर्गा प्रसाईंको रिहा माग गर्दै सानोठिमी–सल्लाघारी मुख्य सडक अवरोध

दुर्गा प्रसाईंको रिहा माग गर्दै सानोठिमी–सल्लाघारी मुख्य सडक अवरोध

काठमाडौं, मंसिर ८ : मेडिकल व्यवसायी दुर्गा प्रसाइको सर्मथकले दुर्गा प्रसाईंको रिहा माग गर्दै सानोठिमी–सल्लाघारी मुख्य सडक अवरोध गरेका छन्। प्रसाईंको घरवरिपरि सुरक्षाका लागि भन्दै प्रहरी परिचालित भएपछि उनलाई नजरबन्दमा राखिएको भन्दै समर्थकले रिहाइको माग गर्दै सडक अवरुद्ध गरेका हुन्।

राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा बिहीबार काठमाडौ.को बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईंले आज (शुक्रबार) तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका थिए। तर प्रदर्शनका लागि भेला भएकाहरूलाई प्रहरीले समात्दै चौकीमा लगिरहेको छ। आफ्ना साथीहको रिहाइको माग पनि उनीहरूले गरेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंले तीनकुनेमा कार्यक्रम गर्न अनुमति नलिएको भन्दै विज्ञप्ति जारी गरेको छ।

IMG_6386-1700811094.jpg

IMG_6385-1700811050.jpg

IMG_6382-1700811038.jpg

IMG_6373-1700810964.jpg

IMG_6378-1700810955.jpg

प्रकाशित मिति: १३:१८ बजे, शुक्रबार, मंसिर ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्