Kathmandu Press

पृथ्वीनारायणको सालिक अनावरण गर्न पूर्व राजा बिर्तामोड जाँदै

बिर्तामोडस्थित ई कम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न पूर्व राजा शाह झापा जान लागेका हुन्।
पृथ्वीनारायणको सालिक अनावरण गर्न पूर्व राजा बिर्तामोड जाँदै

काठमाडौं, मंसिर ८ : पूर्व राजा ज्ञानेन्द्र शाह आज दिउँसो झापा जाने भएका छन्। बिर्तामोडस्थित ई कम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न पूर्व राजा शाह झापा जान लागेका हुन्।

पूर्वराजाको भ्रमण व्यवस्थापन गर्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन एक सातादेखि झापामै छन्। अध्यक्ष लिङदेन पूर्व राजाको कार्यक्रम व्यवस्थापन र तयारी गरिरहेको राप्रपा झापाबाट थाहा भएको छ।

पूर्वराजालाई धुलाबारी पूर्वको मेची रिसोर्टमा बस्ने व्यवस्था गरिएको छ। भोलि शनिबार धुलाबारीस्थित निन्दा खोलाको पुलबाट उनको स्वागतमा मोटर साईकल र्‍याली गरिने भएको छ। पूर्व राजालाई ८ हजार मोटरसाइकले स्कर्टीङ गरेर धुलाबारीबाट बिर्तामोड पुर्‍याउने कार्यक्रम रहेको राप्रपा झापाले जनाएको छ ।

पूर्व राजाले बिर्तामोडमा ४५ मिनेट पैदल हिँडेर सर्वसाधारणसँग भेट गर्ने छन् । मंसिर ६ गते नै झापा जाने कार्यक्रम भएपनि अस्पताल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो प्रदर्शकको कार्यक्रम नसकी हिँडिदिँदा अर्कै सन्देश जाने भनेर चिन्ता जनाएपछि पूर्व राजाको झापा यात्रा सारिएको थियो ।

प्रकाशित मिति: १२:५३ बजे, शुक्रबार, मंसिर ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्