Kathmandu Press

तीनकुनेमा दुर्गा प्रसाईंका कार्यकर्ता घमधम पक्राउ

आन्दोलनका थप कार्यक्रमका लागि तीनकुनेमा भेला भएका समर्थकमाथि प्रहरीले हस्तक्षेप गरेर ७ जनालाई भ्यानमा हालेर प्रहरी चौकी लगेको छ। पक्राउ परेकाहरूको नाम ठेगाना खुलाइएको छैन।
तीनकुनेमा दुर्गा प्रसाईंका कार्यकर्ता घमधम पक्राउ

काठमाडौं, मंसिर ८ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नागरिक बचाउ अभियानका समर्थक धमाधम पक्राउ परेका छन्। आन्दोलनका थप कार्यक्रमका लागि तीनकुनेमा भेला भएका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिँदै भ्यानमा हालेर प्रहरी चौकी लगेको छ। पक्राउ परेकाहरूको नाम ठेगाना खुलाइएको छैन।

BAB_7615-1700809400.JPG

बिहीबार काठमाडौंको बल्खुमा प्रदशृन गरेका प्रसाईंले प्रशासनसँग अनुमति नै नलिई आजबाट तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका थिए। जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएको बताइएको छ। उक्त प्रशासनले  शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी गतिविधि गरे कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

BAB_7620-1700809335.JPG

अहिले तीनकुनेमा प्रहरी बाक्लो रूपमा परिचालन गरिएको छ। पैदलयात्रुमाथि निगरानी बढाएर प्रहरीले शंकास्पद व्यक्तिमाथि प्रहरीले निगरानी गरिरहेको छ। प्रसाईंले भने आफ्नो आन्दोलन नरोकिने बताएका छन्।

BAB_7625-1700809041.JPG

BAB_7663-1700809889.JPG

BAB_7658-1700809865.JPG

BAB_7643-1700809862.JPG

प्रकाशित मिति: १२:४२ बजे, शुक्रबार, मंसिर ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्