Kathmandu Press

नेपाली सेनाले माग्यो ३ हजार पदमा दरखास्त

सेनाले दरखास्त मागेका पदहरूमा सैन्य पद, सफाइकर्मी, चर्मकर्मी, सूचिकार, लोहाकार, केशकर्तक, मालीलगायत छन्। उल्लेखित पदमा काम गर्न इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ७ गते भित्र आवेदन दिन सूचित गरिएको छ।
नेपाली सेनाले माग्यो ३ हजार पदमा दरखास्त

काठमाडौं, मंसिर ८ : नेपाली सेनाले सैन्य र ट्रेड फलोअर्सको रिक्त विभिन्न स्थान पदपूर्तिका लागि दरखास्त मागेको छ।

आज शुक्रबार बिहानै सेनाले सूचना प्रकाशित गर्दै ती खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने जनाएको छ।

सेनाले दरखास्त मागेका पदहरूमा सैन्य पद, सफाइकर्मी, चर्मकर्मी, सूचिकार, लोहाकार, केशकर्तक, मालीलगायत छन्। उल्लेखित पदमा काम गर्न इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ७ गते भित्र आवेदन दिन सूचित गरिएको छ।

यीमध्ये सबैभन्दा धेरै सैन्य पदमा ३ हजारको दरखास्त मागिएको छ । सबै पदमा गरेर करिब ४ सय भन्दा बढी पदमा दरखास्त दिन सूचित गरिएको छ।

देशका आठवटै पृतनाका हेड क्वाटरलगायत अन्य २५ भर्ना केन्द्रमा दरखास्त दिन मिल्ने जनाइएको छ । सेनाले आफ्नो वेबसाइटबाट फाराम डाउनलोड गरेर भरेर सूचनामा उल्लेखित भर्ना केन्द्रहरूमा आफैं उपस्थित भएर बुझाउन सचेत गराइएको छ।

प्रकाशित मिति: ११:०० बजे, शुक्रबार, मंसिर ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्