Kathmandu Press

कैद माफी मिनाहामा सर्वोच्चले माग्याे राष्ट्रपति र सरकारसँग कारण

सर्वोच्चमा भएको प्रारम्भिक सुनुवाईपछि न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले विहीबार सरकारसँग कारण माग गरेको हो।
कैद माफी मिनाहामा सर्वोच्चले माग्याे राष्ट्रपति र सरकारसँग कारण

काठमाडौं, मंसिर ७ : टीकापुर हिंसाका आरोपीलाई कैद सजाय मिनाहा दिने निर्णयविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र सरकारसँग कारण माग गरेको छ।

सर्वोच्चमा भएको प्रारम्भिक सुनुवाईपछि न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले विहीबार सरकारसँग कारण माग गरेको हो। टिकापुर हिंसाका पीडित शारदा कडायत, मन्धरादेवी विष्टलगायतले सरकारको सिफारिस अनुरुप राष्ट्रपतिबाट भएको माफी मिनाहा बदर गर्न माग राखेर गत कात्तिक २१ गते रिट निवेदन दिएका थिए।

संविधान दिवसको अवसर पारेर  टीकापुर हिंसाका आरोपी हरिनारायण चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरीलगायत गत असोज ३ गते रिहा भएका थिए। उनीहरुको रिहाई गैरकानुनी रहेको दाबीसहित पीडितबाट छुट्टै रिट दर्ता भएको हो।

त्यसअघि रेशम चौधरीको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने मागसहित कठायतले गत जेठ १६ गते सर्वोच्चमा अर्को रिट दायर गरेकी थिइन्।

उक्त रिटमा अब सरकार र राष्ट्रपतिकार्यालयबाट लिखित जवाफ पेश भएपछि अर्को सुनुवाई हुने छ। २०७२ भदौमा कैलालीको टीकारपुरमा ८ सुरक्षाकर्मी र एक दूधे बालकको ज्यान जाने गरी भएको हिंसा प्ररकणमा जन्मकैद सजाय सुनाइएका रेशम चौधरी गणतन्त्र दिवसको अवसरमा सजाय मिनाहा पाएर गत जेठ १५ गते नै छुटेका थिए। अन्य प्रतिबादी भने संविधान दिवसका अवसरमा छुटेका थिए।

प्रकाशित मिति: १७:४७ बजे, बिहीबार, मंसिर ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्