उच्च अदालत ६ मुख्य न्यायाधीश लिए शपथ
उच्च अदालतमा सिफारिस मुख्य न्यायाधीशहरू लोहितचन्द्र शाह, माधव पोखरेल, रमेशप्रसाद राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापालाई मुख्य न्यायाधीशमा नियुक्ति दिएलगत्तै सउथ गराइएको हो।
काठमाडौं, मंसिर ७ : उच्च अदालतका नवनियुक्त ६ मुख्य न्यायाधीशले विहीबार शपथ लिएका छन्।
सर्वोच्च अदालतमा आयोजित एक समारोहबीच मुख्य न्यायाधीशले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष शपथ लिएका हुन्। उच्च अदालतमा सिफारिस मुख्य न्यायाधीशहरू लोहितचन्द्र शाह, माधव पोखरेल, रमेशप्रसाद राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापालाई मुख्य न्यायाधीशमा नियुक्ति दिएलगत्तै सउथ गराइएको हो।
सपथपछि शाहलाई सुर्खेत, पोखरेललाई पोखरा, राजभण्डारीलाई विराटनगर, पौडेललाई जनकपुर, पाण्डेलालाई तुल्सीपुर र थापालाई दीपायल पदस्थापनका लागि सिफारिस गरिएको छ।
यस्तै, दीपायलका मुख्य न्यायाधीश नृपध्वज निरौलालाई पाटन उच्च अदालतमा सरूवा गरिएको छ।
प्रकाशित मिति: १७:४३ बजे, बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











